Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा सुधार

सोमबार, ०३ बैशाख २०७५, १५ : २१ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा सुधार

अर्थ संसार, काठमाडौं– नेप्सेमा कारोबार भएको ९ वटा समूह उकालो लाग्दा नेप्से १२९७ विन्दुमा पुगेको छ । 

१२८० विन्दुबाट कारोबार सुरु भएको नेप्से १७ अंक सुधार गरी १२९७ विन्दुमा पुगेको हो । धितोपत्र बजार १७.४२ अंकले बढ्दा १ सय ६७ वटा कम्पनीको ११ लाख ७८ हजार ७३८ कित्ता सेयर ५७ करोड ६८ लाख ६१ हजार ८६३ रुपैयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ सूचिक समेत ३.२८ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा बैकिङ ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, फाइनान्स १४.६७, जलविद्यतु १२.२३, विमा २९३.२४, उत्पादन ११.२४, माइक्रोफाइनान्स ७२.११ अंकले बढेको छ । यता अन्य समूह भने १.२१ अंकले घटेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले  १० प्रतिशतले बढाएका छन् भने  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सवै भन्दा बढी झण्डै १० प्रतिशतले गुमाएका छन् ।

बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5ad4718bb17cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको