Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको एफपिओ आउने

सोमबार, ०३ बैशाख २०७५, १२ : ३४ मा प्रकाशित

सिटिजन्स बैंकको एफपिओ आउने

अर्थ संसार, काठमाडौं–  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपिओ निश्कासन गर्ने भएको छ ।

बैंकले संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्नका लागि ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निश्कासन गर्न लागेको हो । यसका लागि आवश्यक स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

हाल सिटिजन्स बैंकको सथपकको ५१ः२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।

बैंकले निश्कासन गर्ने एफपिओ प्रिमियम मूल्यमा आउने बैंकले जनाएको छ । यसका लागि बैंकले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । एफपिओ निश्कासन पश्चात बैंको चुक्तापुँजी ४ करोड ६३ लाख रुपियाँ थपिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको