सोमबार, २४ मङि्सर २०७५, ०७ : ३९
युनाइटेड इन्स्योरेन्सले १ :२.४ को अनुपातमा हकप्रद निश्कासन गर्ने
सोमबार, ०३ बैशाख २०७५

अर्थ संसार, काठमाडौं–  युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजी बृद्धिको लागि हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको सञ्चालक समिति बैठकले १ः२.४ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

हाल चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको हकप्रदपछि भने चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट हकप्रद प्रस्ताव स्वीकृत भएपछि मात्र निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved