Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टले ५२ लाख ८० कित्ता सेयर आइपिओ निश्कासन गर्दै

सोमबार, ०३ बैशाख २०७५, ०८ : १२ मा प्रकाशित

शिवम् सिमेन्टले ५२ लाख ८० कित्ता सेयर आइपिओ निश्कासन गर्दै

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न लागेको छ ।

यो कम्पनीले सर्वसाधारण र स् थानीयवासीका लागि ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर जारी गर्न लागेको हो।

सेयर निष्कासन अनुमतिका लागि कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । सेयर निष्कासनपछि यो दोस्रो बजारमा सूचीकृत हुने पहिलो सिमेन्ट कम्पनी हुने छ ।

सिमेन्ट उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले कम्पनीलाई सबैतर्फबाट बलियो बनाउन सर्वसाधारणका लागि सेयर जारी गर्न लागिएको शिवम् सिमेन्टका कम्पनी सचिव लेखनाथ अर्यालले बताए ।

‘सरकारले सिमेन्ट उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ,’ उनले भने, ‘उक्त लक्ष्य पूरा  गर्न सहयोग गर्ने उद्देश्यले पब्लिकमा जान थालेका हौ ।’

अहिले नेपालमा ४५ वटा सिमेन्ट कम्पनी सञ्चालनमा रहे पनि सेयर बजारमा सूचीकृत छैनन् । २०७४ माघ २१ गते बसेको कम्पनीको साधारणसभाले सर्वसाधारणका लागि सेयर जारी गने प्रस्ताव पारित गरको थियो।

सोही निर्णयका आधारमा ०७४ चैत ६ गते कम्पनीले सेयर निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले प्रिमियम मूल्यमा (अंकित मूल्यमा थप गरी) सेयर निष्कासन गर्न लागेको हो।

अंकित मूल्य प्रतिसेयर १ सयमा कति थप (प्रिमियम) हुने भन्नेबार यकिन भइसके ेको छै न । सेयरको प्रिमियम मूल्यबार बोेर्डबाट अनुमति लिनुपर्ने भएकाले हालसम्म टुङ्गो नलागेको हो। यद्यपि, कम्पनीले प्रतिसेयर ३ सय रुपैयाँ भन्दा केही बढी मूल्यमा सेयर जारी गर्न पाउने सम्भावना रहेको स्रोतले बताएको छ ।

शिवम् सिमेन्ट लिमिटेडको आवेदनउपरको अध्ययन अन्तिम चरणमा रहेकाले पहिलो प्रतिक्रिया (कमेन्ट) पठाउने तयारी भएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले बताए । हाल यो कम्पनीले निष्कासन गर्न लागेको सेयर कुल जारी पुँजीको १२ प्रतिशत हो।

जसमध्ये १० प्रतिशत सर्वसाधारण र २ प्रतिशत स्थानीयवासीका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टको जारी पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली ०७३ मा वास्तविक क्षेत्रका कम्पनीहरूले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशतसम्म सेयर जारी गर्न पाउने कानुनी व्यवस्था छ ।  

सेयर बजारमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनीको भित्र्याउन बारमा विगत लामो समयदेखि चर्चा चले पनि नयाँ कम्पनीहरू आएका थिएनन्। वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा आउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले १५ प्रतिशत कर छुट दिएको छ ।

यसकारण दोस्रो बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको प्रभुत्व रहुँदै आएको छ । फागुनसम्मको तथ्यांकअनुसार कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको अंश करिब साढे ८१ प्रतिशत छ ।

सोही अवधिमा जलविद्युत् क्षेत्रका कम्पनीको अंश ४.५, उत्पादन तथा प्रशोधनको २.७, होटलको १.६, व्यापार (ट्रेडिङ) को ०.१ प्रतिशत र ‘अन्य’ को ९.७ प्रतिशत छ । वित्तीय र बिमा क्षेत्रको प्रभुत्व रहेकै कारण राष्ट्र बैंक र बिमा समितिका साना निर्णयबाट पनि सेयर बजारमा ठूलो उतारचढाव आउने गरको विज्ञहरू बताउँछन् ।

यसले एकातिर सेयर बजार अस्थिर बनेको छ भने अर्कोतिर लगानीकर्ताले लगानी विविधीकरण गर्न पाएका छैनन्। यसकारण सेयर बजारमा उत्पादनमूलक लगायत अन्य क्षेत्रका कम्पनी भित्र्याउन पहल हुँदै आएको हो। तर, थप सेवा सुविधा नभएको भन्दै कम्पनीहरू दोस्रो बजारमा आउन चाहेका छैनन् ।

हाल सेयर बजारमा उत्पादनमूलक क्षेत्रका १७ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये ७ वटा कम्पनी मात्र सक्रिय रूपमा कारोबार हँदैै आएको छ । बाँकी ११ वटा कम्पनी निष्क्रिय छन् । हाल कारोबारमा रहेका कम्पनीहरूको पनि निकै थोरै सेयर मात्र पब्लिक (सर्वसाधारण) को हातमा छ । ती सेयर पनि आकलझुकल मात्र कारोबारमा आउने गरको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको