Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, प्राविधिक विश्लेषण

सोमबार, ०३ बैशाख २०७५, ०७ : ५० मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेरौं,  प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं-चालू आव २०७४/७५ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू. ७ करोड ३० लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको तुलनामा २६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमासमा रू. ५ करोड ७६ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १ सय १४ प्रतिशतले बढेर रू. ५६ करोड ७७ लाख पुगेको छ ।

कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरेपछि पूँजी बढेको हो । कम्पनीले रिजर्भ कोषमा रू. १४ करोड ४४ लाख छुट्याएको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४६ लाख ४० हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य रहेको छ ।

कम्पनी आगामी दिनमा निरन्तर रुपमा गुणस्तरीय थोक लघुवित्त सेवा दिने कार्यमा केन्द्रित रहनेछ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साझेदार संस्थाहरु मार्फत अधिकतम ऋणीहरुसम्म वित्तीय पहुँच वृद्धि गर्नका लागि प्रभावकारी रुपमा काम गर्ने योजना रहेको छ ।

वर्गिकरणः लघुवित्त कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ५२५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २२५०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ४५०
१८० दिनको औषत व्यापार मूल्यः रू. ७०७.७४

कम्पनीका महत्वपूर्ण अनुपात 

व्यवस्थापन समूहः
अध्यक्षः सुरेन्द्र राज रेग्मी
प्रमुख कार्यकारी अधिकृतः भेष राज पन्थी
प्रधान कार्यालयः ज्ञानेश्वर, काठमाडौं
वेबसाइटः www.fmdb.com.np
स्टक स्टिकरः एफएमडिबिएल

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात 

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २१ दशमलव ८० प्रतिशतबाट घटेर १२ दशमलव ८७ प्रतिशतमा सीमित भएकोे छ भने चालू आवको दोस्रोे त्रैमासमो कम्पनीको लगानी रू. २० लाख रहेको छ ।

  • यस कम्पनी नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘घ’ वर्गको थोक लघुकर्जा प्रदायक वित्तीय संस्था हो । तेस्रो त्रैमासमा कर्जा तथा सापटि १५ प्रतिशतले बढेर रू. ३ अर्ब ८६ करोड ४३ लाख पुगेको छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. १२ करोड ३ लाख, कर्मचारी खर्च रू. १ करोड २७ लाख ३४ हजार, अन्य सञ्चालन खर्च रू. ९३ लाख ५१ हजार र सञ्चालन नाफा रू. ११ करोड ४८ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति १३ प्रतिशतले घटेर रू. ५८ लाख ४६ हजारमा सीमित भएको छ भने अन्य सम्पत्ति रू. १४ करोड २८ लाख ४ हजार पुगेको छ । पूँजीकोष पर्याप्तता १८ दशमलव शून्य ४ प्रतिशत रहेको छ ।

  • कम्पनीले प्रकाशित चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. १४ दशमलव २४, मूल्य आम्दानी अनुपात ३६ दशमलव ५३, तरलता अनुपात १४ दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१ सय २५ दशमलव ४५ पुगेको छ । आइतवारको शेयर मूल्य नेटवर्थको ४ गुणा छ ।

प्राविधिक विश्लेषण

खरीद चापः कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्ममा विक्री चापभन्दा खरीद चाप २ गुणा बढी थियो । सो समयसम्म ८ हजार ९ सय १९ कित्ता शेयर खरीद र ३ हजार २ सय ४० कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको आइतवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती चित्र
१४ जनवरी २०१८                                                                                                                                             १५ अप्रिल २०१८

स्ट्याण्डर्ड डेभिएशन
१४ जनवरी २०१८                                                                                                                                       १५ अप्रिल २०१८

आरएसआई 
१४ जनवरी २०१८                                                                                                                                         १५ अप्रिल २०१८

मुभिङ एभरेज 
१४ जनवरी २०१८                                                                                                                                               १५ अप्रिल २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ५८ दिनको कारोबारमा अन्तिम दिनमा कालो मारोबोजु आकृती भएको मैनबत्ती बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य घट्ने सङ्केत गर्दछ ।

  • आरएसआईः कम्पनीको ५८ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४९ दशमलव ११ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीकोे ५८ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ६३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५८ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । आइतवारको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । आइतवारको मूल्य रू. ५ सय २५ बाट बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ५ सय १७ मा टेवा पाउन सक्ने भने मूल्य महङ्गिएमा रू. ५ सय ३३ मा प्रतिरोध हुने सम्भावना देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको