Like us!
Follow us!
Connect us!
Watch us!

२.६ अंकले बढेको बजारमा ३० करोडको कारोबार

आइतबार, ०२ बैशाख २०७५, १७ : ३१ मा प्रकाशित

२.६ अंकले बढेको बजारमा ३० करोडको कारोबार

अर्थ संसार, काठमाडौं– नव वर्ष २०७५ साललाई सेयर बजारले  हरियो रङ्गले स्वागत गरेको छ ।  नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक २.६० अंकले बढेर १२८०.१५ अंकमा पुगेको छ ।  कूल १५९ कम्पनीका ६ लाख ६६ हजार  ७६१ कित्ता सेयर खरिदविक्री हुँदा ३० करोड ६७ लाख ४७ हजार ९१४ रुपैयाँमा कारोबार  भएको छ । 

सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको १ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर  कारोबार  भएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३५ अंकले बढेर २७२.९८  अंकमा पुगेको छ । उपसूचक मिस्रित देखिएका छन् ।

नौ समुहको कारोबारमा पाँच समुह बढेका छन् भने चार समूह घटेका छन्। बैंक २.२५, जलाबिद्युत ८.३३, फाइनान्स २.५४ र उत्पादनमुलक ३.६७ अंकले घटेका छन्। होटल २२.४१, विकास बैंक १.३६, बीमा ८३.८४, अन्य ५.२९ र लघुवित्त ११.७४ अंकले बढेका छन्।

सामान्य अंकले बढेको बजारमा  डेभलपमेन्ट बैंकका सेयररधनीले करिब ७ प्रतिशत कमाए भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले सबैभन्दा बढी ९.९८ प्रतिशत गुमाए ।

कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

5ad33cb75aa16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको