Like us!
Follow us!
Connect us!
Watch us!

‘सेमी अनलाइन’ प्रणालीको सुरु, लगानीकर्ताले कसरी दिने सेयर खरिद बिक्रि आदेश ?

आइतबार, ०२ बैशाख २०७५, १५ : १४ मा प्रकाशित

‘सेमी अनलाइन’ प्रणालीको सुरु, लगानीकर्ताले कसरी दिने  सेयर खरिद बिक्रि आदेश ?

अर्थ संसार, काठमाडौं–  आजदेखि अनलाइनबाट नै सेयर  खरिद बिक्रि आदेश दिन सक्ने व्यवस्था कार्यन्वयनमा आएको छ ।

ब्रोकर क्रिस्टल कञ्चनजंगा सेक्युरिटिजबाट यस प्रणालीको आइतबारदेखि औपचारिक शुरुवात भएको हो । 

आइतबार एक कार्यक्रम विच नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउद, ब्रोकर संघका अध्यक्ष रेग्मी, डीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, सेबोनका निर्देशक तथा प्रवक्ता निरज गिरि लगायतका अधिकारिहरुको उपस्तिथीमा धितोपत्र बोर्डका अध्यक्ष ड़ा रेवतकार्कीले अनलाइन मार्फत खरिद बिक्रिको आदेश दिन मिल्ने प्रणालीको औपचारिक उद्घघाट गरेका छन् ।

कसरी प्रयोग गर्ने ?

हाल ब्रोकरहरुले प्रयोग गर्दै आएको बोस र मण्डला कम्पनिको ब्रोकर ब्याक अफिसमा कार्यन्वयनमा ल्याइएको सिस्टम जडान भएपछी लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिएर अनलाइन मार्फत नै सेयर खरिद बिक्रिको आदेश दिन सक्नेछन । धितोपत्र बोर्डले यो सेवालाई ब्रोकरहरुलाई अनिवार्य गरेको छ भने लगानीकर्ताका लागि भने ऐच्छिक गरिएको छ ।

 अनलाइन मार्फत सेयर खरिद बिक्रि आदेशको व्यवस्था कार्यन्वयन गर्न धितोपत्र बोर्डले गत फागुन २६ गते ब्रोकरहरुलाई निर्देशन दिएको थियो । ब्रोकरहरुले आफ्नो सफ्टवेयरमा यस्तो सेवा समाबेश गरेको जानकारी गराएकाले बैशाख २ देखि नै यो सेवा लागू गर्न बोर्डले २०७४ चैत ३० गते ब्रोकरहरुलाई निर्देशन दिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको