Like us!
Follow us!
Connect us!
Watch us!

अपाङ्ग बालक र दलित परिवारलाई राहत सामाग्री वितरण

आइतबार, ०२ बैशाख २०७५, ११ : ५० मा प्रकाशित

अपाङ्ग बालक र दलित  परिवारलाई  राहत सामाग्री वितरण

शंखर  पहाडी,गौरब

अर्थ संसार, सिन्धुली– सिन्धुलीको  गोलन्जोर ३ का अपाङ्ग बालबालीकाहरुलाई राहत सामाग्री प्राप्त भएको छ ।

सिन्धुलीका बद्री विक्रम थापाका छोरा उज्ज्वल विक्रम थापाले गोलन्जोर ३ च्याङ्गलुङ्गका २ अपाङ्ग बालक सहित सो परिवारका ७ जनालाई मानविय राहत सामाग्री प्रदान गरेका हुन ।

लामो समयदेखि मानव सेवामा लागेका समाजसेवी थापाले गोलन्जोर ३ का विष्णु दमाईका २ अपाङ्ग छोराहरु सहित सो परिवारका  अरु ५ सदस्यालाई राहत सामाग्री प्रदान गरेका हुन ।

२ अपाङ्ग  ११ वर्षीय सन्त बहादुर दमाई र  ९ वर्षीय चित्र बहादुर दमाई सहित विष्णुको परिवारका अन्य ५ जनालाई समाजसेवी थापाले  राहत सामाग्री प्रदान गरेका हुन । बिहान बेलुका हातमुख जोर्न अर्काको काम गर्नु पर्ने बाध्यतामा रहेका दमाई परिवारमा २ छोरा र ३ छोरी श्रीमान श्रीमती गरि ७ जना रहेका छन । जसमा २ छोरा अपाङ्ग छन ।

अति गरिब दमाई परिवारले आर्थीक अभावले आफ्ना अपाङ्ग छोराहरुको उपचार गर्न नसकेको समाजसेवी थापा समक्ष गुनासो गरेका थिए । आफ्नो बिहान खाए बेलुका के खाउँ भन्ने स्थिति छ ।

छोराहरुको उपचारमा खर्च धेरै लाग्छ उपचार गर्न सक्ने स्थिती छैन , विष्णुले भने ।  आफुहरु जस्तो गरिबलाई कसले सहयोग गर्ला र खै भनेका दमाई परिवार समाजसेवि थापा अचानक आफ्नो उनिहरुको घरमा पुगेपछि  दमाई परिवार हर्षीत भएका थिए ।

समाजसेवी थापाले विष्णुको घरका २ अपाङ्ग छोरा सहित ३ छोरी र उनिहरुको बुबा आमालाई अति आवश्यकिय मानविय राहत सामाग्री स्वारुप लत्ता कपडा, खाद्यान्न,खेलौना तथा भाडाकुडाहरु सहयोग गरेका छन ।

 भुकम्पले घर भत्कीएर , नयाँ घर निर्माणको लागि नेपाल सरकारले व्यावस्था गरेको पुर्ण निर्माणको दोस्रो किस्ता पनि नपाएका दमाई परिवारलाई समावसेवी थापाले घर वनाउन समस्या परे आफु बनाई दिने पनि प्रतिबद्धता  जनाएका छन ।

अपाङ्ग छोराहरुको उपचार गर्न डाक्टरको सल्लाह अनुसार आफ्नो तर्फबाट जे जति गर्न सकिन्छ त्यो गर्ने पनि समाजसेवी थापाले बताए ।

विषेश अवसर वा विषेश दिन पारेर समाजसेवी थापा दलीत ,अपाङ्ग ,गरिब,विपन्न परिवारलाई सहयोग गर्दै आएका छन । त्यसै क्रममा  नयाँ वर्ष २०७५ को अवसर पारी समाजसेवी थापाले दमाई परिवारलार्इ सहयोग गरेका हुन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको