Like us!
Follow us!
Connect us!
Watch us!
लगानीकर्तालाई लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

गैर कानूनी ढंगबाट सेयर विक्री खुल्ला गर्दै कम्पनीहरु

आइतबार, ०२ बैशाख २०७५, ११ : २७ मा प्रकाशित

गैर कानूनी ढंगबाट सेयर विक्री खुल्ला गर्दै  कम्पनीहरु

अर्थ संसार, काठमाडौं– धितोपत्र बोर्डमा दर्ता नगराई विभिन्न कम्पनीले आफू खुसी साधारण सेयर निश्कासको सार्वजनिक सूचना प्रकाशित गर्न थालेपछि बोर्डले गम्भिर ध्यानाकर्षण गरेको छ ।

बोर्डले त्यस्ता दर्ता नभएका कम्पनीमा लगानी नगर्न समेत लगानीकर्तालाई आग्रह गरेको छ ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था छ ।

तर, यो व्यवस्थालाई वेवस्था गरी केही जलविद्युत कम्पनीले स्थानीयवासीको लागि सर्वसधारण सेयर (आइपिओ) निश्कासनको सूचना प्रकाशित गरिरहेका छन् । ‘धितोपत्र बोर्डमा दर्ता नगरी सेयर निश्कासन गर्नु गैर कानूनी हो’ बोर्डका सहायक प्रवक्ता रिरन्जन घिमिरेले भने–‘ यस्तो कम्पनीले निष्कासन गरेको सेयरमा लगानी गर्दा लगानीकर्ताको लगानी जोखिम हुने भएकाले लगानी नगर्नुहोला ।’

केही दिन अघि धितोपत्रमा दर्ता नराई  रुकमेली शहिद स्मृति ग्रामीण जलविद्युत सहकारी संस्थाले निमार्ण गर्न लागेको आयोजनको आईपिओ बिक्री खुलाको सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

कम्पनीले ५ लाख कित्ता आइपिओ सर्वसाधारणको लागि बिक्रीको सूचना जारी गरेको  थियो ।  उक्त संस्थाले रुकुम पुर्व पुथा उत्तरगंगा गाँउपालिका वडा नं ११ को सेरा उत्तर गंगा नदीमा १ मेघावाट क्षमताको जलविद्युत परियोजना निमार्ण गर्ने जनाएको छ ।

कम्पनीले प्रतिकित्ता ५ सय रुपैयाँका दरले आईपिओ बिक्री गर्ने बताएको छ । जसमा इच्छुक लगानीकर्ताले १० कित्ता देखि १० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डले विगतमा यस्ता गैर कानून ढंगबाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थाहरुलाई धितोपत्र निष्कासन गर्न रोक लगाएको र लगानीकर्ताहरुलाई समेत सर्तक गराउँदै आएको छ ।

धितोपत्र बोर्डमा दर्ता गरी विवरणपत्र पूकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन गर्न सम्पूर्ण संगठित संस्थाहरुलाई आह्वान समेत बोर्डले गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको