Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी लगानी ७० प्रतिशतले बढ्यो

आइतबार, ०२ बैशाख २०७५, ०८ : २४ मा प्रकाशित

विदेशी लगानी ७० प्रतिशतले बढ्यो

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा करिब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब साढे ७० प्रतिशतले बढी हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिदै गएको लगायत कारणले एफडीआई बढेको जानकारहरू बताउँछन् । 

अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको देखिन्छ ।

पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएको लगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ ।

एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेको लगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने अर्थविद्हरू बताउँछन् ।

मुलुकमा लगानीको वातावरण सुध्रिदै गएपछि लगानीकर्ताको आत्मबल बढेकाले विदेशी लगानी उल्लेख्य रूपमा बढेको उनीहरूको भनाइ छ । हालसम्म भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको राष्ट्र बैंकको तथ्यांक छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढदै गएको पुष्टि हुन्छ ।

प्रशस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परको विज्ञहरू बताउँछन् ।

उद्योग विभागको तथ्यांकअनुसार गत वर्ष १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो। यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो। विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गररे अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

एफडीआई बढ्नु धेर सकारात्मक पक्ष भए पनि मुलुक भित्रिएको रकमलाई क्षेत्रगत वर्गीकरण गररे हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । उक्त अवधिमा नयाँ लगानी आएको हो वा पुरानैमा थपिएको हो त्यो हेररे मात्र विदेशी लगानी प्रवृत्तिबार विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

‘पुरानामा थपिएको भन्दा नयाँ  लगानी आएको भए धेर रौम्रो हुन्छ,’ उनले भने। ‘कम्तीमा एफडीआई यत्तिको बढ्दा पनि शोधनान्नर घाटा धेर फराकिलो बन्दै गएको छ । यत्ति पनि विदेशी लगानी नआएको भए शोधनान्तरको अवस्था के हुँदो हो? ।’

मुलुकमा अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसके पनि विश्व बजारका लगानीकर्तासमक्ष राम्रो सन्देश गएकाले दीर्घकालमा ठूलो फाइदा पुग्ने उनले बताए । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी होङ्सी शिवम् सिमेन्टमा आएको छ ।

उक्त  कम्पनीमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंक्को तथ्यांक छ । यसैगरी मादी पावरमा करिब २ अर्ब र सोलु हाइड्रोमा करिब साढे १ अर्ब रुपैयाँ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा करिब ६८ करोड विदेशी लगानी आइसकेको राष्ट्र बैंकले जनाएको छ । कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको