Like us!
Follow us!
Connect us!
Watch us!

अरुणभ्याली हाइड्रोपावरको इतिहास कस्तो छ ? हेरौं, कम्पनि विश्लेषण

आइतबार, ०२ बैशाख २०७५, ०७ : ४६ मा प्रकाशित

अरुणभ्याली हाइड्रोपावरको इतिहास कस्तो छ ? हेरौं,  कम्पनि विश्लेषण

प्रमुख गतिविधि

अरुणभ्याली हाइड्रोपावरले भिबोर क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्कासन स्थगित गरेर शतप्रतिशत हकप्रद निष्कासनका लागि विशेष साधारणसभा गर्ने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • लकम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रोे त्रैमासमा खुद मुनाफा ३३ प्रतिशत कम गरी १ करोड ७२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड ५५ लाख खुद मुनाफा गर्न कम्पनी सफल भएको छ ।

  • विद्युत् विक्रीबाट २ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८ प्रतिशत कम हो ।

  • दोस्रोे त्रैमाससम्म २ करोड ३४ लाख सञ्चालन मुनाफा गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २६ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिमा ३ करोड १६ लाख सञ्चालन मुनाफा गर्न कम्पनी सफल भएको छ ।

  • जगेडा कोषमा २५ प्रतिशत कमी देखिएको छ । कम्पनीको जगेडा कोषमा २ करोड १४ लाख रुपैयाँ छ ।

  • दोस्रोे त्रैमाससम्म आइपुग्दा लगानी १ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले गरेको लगानी ५५ करोड २६ लाख रुपैयाँ छ ।

  • कुल चालू सम्पत्ति १६२ प्रतिशत बढेर १९ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल चालू दायित्व २४९ प्रतिशत बढेर ७ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

  • कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १०२ दशमलव ३० रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १०९ दशमलव ९० र तरलता अनुपात २ दशमलव ७१ छ ।

निष्कर्ष :
खुद नाफामा आएको कमी र पूँजी वृद्धिले कम्पनी प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको पाइँदैन । त्यस्तै, कम्पनीको प्रमुख आम्दानीको स्रोतमा रहेको विद्यत् विक्री गत आवको यसै त्रैमासभन्दा १८ प्रतिशत कम भएको छ ।

बजारको अवस्था
यस कम्पनीको १० अप्रिल, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य १ सय ६८ मा छ । यो मूल्य अघिल्लो दिनको भन्दा १ रुपैयाँ अर्थात् शून्य दशमलव ६० प्रतिशत बढी हो । त्यस दिनको परिमाण ३४ हजार २ सय ६ मा छ । यो अघिल्लो दिनको भन्दा १८ हजार ६ सय ८८ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
गत सातादेखि मूल्य बढे पनि चार्टमा देखिएबमोजिम विगत ५ महीनादेखि बजारको माथिल्ला र तल्ला बिन्दुहरू घटिरहेकोले बजार पूर्णरूपमा बढ्दो प्रवृत्तिमा रहेको देखिँदैन । हाल मूल्य केही सच्चिएर १ सय ६० को टेवा प्राप्त गरेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :

एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) :२० र ५० दिनको ईएमएहरू एकआपसमा अझै पनि फराकिलो रहेकोले बजारमा विक्रेताको चाप हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

स्टोकास्टिक अक्सिलेटर :यो सूचकले पछिल्लो समयमा विक्रेताको चाप रहेको सङ्केत गर्दछ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५० अङ्कमा छ । यसको प्रवृत्तिले बजार सकारात्मक देखिन्छ ।

मैनबत्ती :अन्तिम दिनको मैनबत्तीले त्यस दिन बजारमा कारोबारको अघिल्लो समयमा विक्रेताको चाप रहे पनि अन्तिम समयमा क्रेताको चाप रहेको सङ्केत गर्दछ ।

निष्कर्ष
यदि मूल्य १ सय ६० भन्दा माथि स्थिर रहन सकेमा बजार केही सकारात्मक हुन सक्ने सङ्केत गरे पनि अन्य सूचकहरूको पनि सकारात्मक सङ्केत पर्खनु उचित देखिन्छ । साथै, मुख्य बजार नेप्सेको प्रवृत्तिलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको