Like us!
Follow us!
Connect us!
Watch us!

२०७४ माऊर्जा क्षेत्र : सरकारको ३० मेगावाट थपिदा, निजी क्षेत्रले थपे १२० मेगावाट विद्युत्

शनिबार, ०१ बैशाख २०७५, ११ : १३ मा प्रकाशित

२०७४ माऊर्जा क्षेत्र  : सरकारको ३० मेगावाट थपिदा, निजी क्षेत्रले थपे १२० मेगावाट विद्युत्

अर्थ संसार, काठमाडौं–  सरकारी स्वामित्वका आयोजनाको निर्माण र लागत दुवै बढीरहेको बेला २०७४ साल भर निजी क्षेत्रका जलविद्युत् कम्पनलिे धमाधम विद्युत् उत्पादन बढाइरहेका छन् ।

यस वर्ष निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट १२० मेगावाट विद्युत् थप भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)का अनुसार निजी क्षेत्रका प्रवद्र्धकले धमाधम नयाँ आयोजना सम्पन्न गरिरहेका छन् ।

यस पटक नेपाल विद्युत् प्राधिकरणले मात्रे ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडन सफल भएको छ ।

सरकारी अधिकारीहरुले चाहिँ साना आयोजनाबाट पहिलोपटक यति धेरै मात्रामा विद्युत उत्पादन भएको भन्दै त्यसले लोडसेडिङ अन्त्य गर्न निकै सहयोग पुर्याएको बताएका छन् ।

एक वर्षभित्र हालको भन्दा दोब्बर क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य प्रक्षेपण गरेका छन् ।

करिव दुई वर्षअघिको विनाशकारी भूकम्पका कारण २ सय ६२ वटा साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो । क्षति पुगेका आयोजना समेत धमाधम मर्मत गर्दै पुनः सञ्चालनमा आउका छन् ।

सरकारले १४४ मेगावाटको कालिगण्डकी परियोजना संचालनमा ल्याएयता एकै वर्षमा १२०  मेगावाट क्षमताको विद्युत उत्पादन भएको यस पटक पहिलो हो ।

यसअघि ५० मेगावाटसम्मका विभिन्न परियोजनाहरुले ३२५ मेगावाटसम्म बिजुली उत्पादन गरेका थिए ।

भूकम्पका कारण सञ्चालनमा आउन नसकेका परियोजनाहरु सञ्चालनमा आएकाले पनि उत्पादन बढेको स्वतन्त्र उर्जा उद्यमी बताउँछन् ।

भूकम्प र नाकाबन्दीका कारण गत साल नै पूरा हुनुपर्ने आयोजनाहरु पनि यो वर्ष आएर पूरा भएका छन् र अब आउने वर्ष सम्पन्न हुने चरणमा छन् । चालु आर्थिक वर्षको अन्त्यसम्म थप ५० मेगावाट क्षमताका आयोजना थप सम्पन्न हुनेछन् ।

’यसपटक निजी क्षेत्रबाट पनि धेरै विद्युत उत्पादन थप भएको कारणले गर्दा उर्जा संकटका कारण जुन असहज परिस्थिति थियो त्यसलाई सामान्यीकरण गर्न र लोडसेडिङ न्यूनिकरण गर्न हामीलाई धेरै सहयोग पुगेको छ बताइएको छ ।

यसपटक निजी क्षेत्रबाट पनि धेरै विद्युत उत्पादन थप भएको कारणले गर्दा उर्जा संकटका कारण जुन असहज परिस्थिति थियो त्यसलाई सामान्यीकरण गर्न र लोडसेडिङ न्यूनिकरण गर्न हामीलाई धेरै सहयोग पुगेको छ

यसै वर्ष काबेली बी परियोजनाबाट २५ मेगावाट विजुली थपिने छ र भने तल्लो हेवाबबाट २२ मेगावाट विद्युत् थप हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको