Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआई र नबिल बैंकको नेतृत्वमा बेतन कर्णाली आयोजन बन्ने

विहीबार, २९ चैत्र २०७४, १६ : ३० मा प्रकाशित

एसबिआई र नबिल बैंकको नेतृत्वमा बेतन कर्णाली आयोजन बन्ने

अर्थ संसार, काठमाडौं– बेतन कर्णाली जलबिद्युत आयोजना एसबिआई बैंक लिमिटेड र नबिल बैंक लिमिटेडको नेतृत्वमा बन्ने भएको छ ।  यी दुई बैंकको नेतृत्वमा सहवित्तीयकरणमा २५ अर्ब ऋण लगानी हुने भएको हो ।

कर्मचारी सञ्चय कोष, एसबीआई बैंक तथा नबिल बैंकबीच आयोजनाको लागि आवश्यक कूल ऋण मध्ये आशिंक ऋण (२५ अर्ब रुपैया सम्म) बैकिङ्ग सहबित्तीयकरण समुह गठन गरि ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

सो आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये ३० प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँ  सेयर पूँजीबाट र बाँकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपैयाँ ऋण ब्यवस्थापन गरिने बताइएको छ । यस कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रहेको छ ।

जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत सेयर स्वामीत्व छ ।

सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कार्यवाहक प्रशासक दीपक रौनियार नेपाल एसविआई बैंकको तर्फबाट प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नविल बैंकको तर्फबाट अनिल केशरी शाहले हस्ताक्षर  गरेका थिए ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडले निमार्ण गर्न लागेको बेतन कर्णाली जलबिद्युत आयोजना सुर्खेतको चौकुने गा.बि.स. रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको