Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगार विभागमा प्रहरीको एक्सन, २९ विचौलिया पक्राउ

बुधबार, २८ चैत्र २०७४, १४ : २३ मा प्रकाशित

वैदेशिक रोजगार विभागमा प्रहरीको एक्सन, २९ विचौलिया पक्राउ

अर्थ संसार, काठमाडौँ – प्रहरीले वैदेशिक रोजगार विभागमा बसेर ठगी गर्ने २९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई वैदेशिक रोजगार विभागबाट आज विहान  पक्राउ गरेको हो ।

बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्नेलगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।

आज विहान साढे ११ बजे ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा पुगेको प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।

उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गे्निङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको