Like us!
Follow us!
Connect us!
Watch us!

तामाकोशी पुगेर प्रधानमन्त्रीले भन्नुभयो – ‘आयोजनामा कुनै पनि हालतमा ढिलाई सह्य छैन’

बुधबार, २८ चैत्र २०७४, १४ : ०२ मा प्रकाशित

तामाकोशी पुगेर प्रधानमन्त्रीले भन्नुभयो – ‘आयोजनामा कुनै पनि हालतमा ढिलाई सह्य छैन’

अर्थ संसार, काठमाडौँ – भारतीय कम्पनीका कारण आयोजना ढिलाई भएको सूचना प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशीको आयोजना स्थल पुगेर कडा निर्देशन दिनुभएको छ ।

उहाँले आयोजना कुनै पनि कारणले ढिलाई हुन नहुने र ढिलाई गरिए त्यसबाट पर्ने प्रभावको जिम्मेवार बन्न समेत स्पष्ट शब्दमा निदेृशन दिएका छन् ।

कूm ४५६ मेगावाट क्षमताको सो आयोजनामा ढिलाई हुँदा दैनिक रु एक कारेड व्याज र विद्युत् उत्पादनपछि प्राप्त हुने दैनिक रु २ करोड आम्दानी गुम्दै गएको छ ।

प्रधानमन्त्रीले आयोजनाका  सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिँदै भने ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’

सो  आयोजना २०७५ सालको मंसिर मसान्तमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुनले तोकिएको समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय गौरबका अन्य आयोजना भन्दा यो आयोजना पहिलै सञ्चालनमा आउनुपर्ने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने उल्लेख गर्नुभयो ।

आयोजनाको लागत ४९ अर्ब २९ करोड हुने उनको आँकलन छ । सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको