Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगर र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य

मंगलबार, २७ चैत्र २०७४, १४ : २२ मा प्रकाशित

भरतपुर महानगर र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य

राजेन्द्र आचार्य

अर्थ संसार, चितवन– भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ ।

भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौता सम्बन्धी पत्रमा एक समारोहका बीच सम्झैतापत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो ।

सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन भएको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको हो ।

भरतपुर महानगरपालिकाको तर्फबाट डा. विश्वास श्रेष्ठले यस सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए ।

सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा  यो सहकार्य कोसेढुगां सावित हुने बताए ।

यस्तै मेयर रेनु दाहाले मात्र यो अध्यापन मित्र र दैत्यसम्बन्ध र सहकार्यलाई भरतपुर महानगरको तर्फ थप बढाउने बताईन् । साथै चाईनाको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको उल्लेख गरिन् ।

शैक्षिक सहकार्य सम्बन्धी हस्ताक्षर कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, पत्रकारहरु, विश्वविद्यालयको तर्फबाट सहप्राध्यापक सुन मे एवं डिभिजन प्रमुख छन छ्याङ्ग तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको