Like us!
Follow us!
Connect us!
Watch us!

२ बालक कालीगण्डकी नदीमा बेपत्ता

मंगलबार, २७ चैत्र २०७४, ०८ : ५० मा प्रकाशित

२ बालक कालीगण्डकी नदीमा बेपत्ता

अर्थ संसार, पाल्पा– रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।

कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो ।

साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।

प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको