Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारी ट्वीटरमा

सोमबार, २६ चैत्र २०७४, १६ : २३ मा प्रकाशित

राष्ट्रपति भण्डारी ट्वीटरमा

अर्थ संसार, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP)  रहेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना ! ”

संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ ।

सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको