Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षीया बालिका बलात्कृत

सोमबार, २६ चैत्र २०७४, १४ : ३३ मा प्रकाशित

पाँच वर्षीया बालिका बलात्कृत

अर्थ संसार, महेन्द्रनगर, धनुषा–धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको