Like us!
Follow us!
Connect us!
Watch us!

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

विहीबार, ३० मंसिर २०७३, ११ : ०५ मा प्रकाशित

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या


काठमाडौं-ट्याक्सीचालक राजकुमार लामाको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । एक युवतीसँगको यौन सम्बन्धसम्बन्धी विवाद र अत्यधिक मदिरा सेवन घटनाको प्रमुख कारण भएको प्रहरीले जनाएको छ । प्रहरीले लामाको हत्याको आरोपमा नयाँ बस्तीस्थित हेलम्बु रेस्टुरेन्टकी सञ्चालिका ३४ वर्षीया संगीता राई, उनका भाई मागधन राई र रेस्टुरेन्टमा काम गर्ने युवती माया तामाङलाई पक्राउ गरेको हो । हत्यामा उनीहरू तीनैजनाको संलग्नता रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

हत्या गरिएका चालक

ट्याक्सीचालक लामाले होटेलमा काम गर्ने तामाङसँग शारीरिक सम्बन्ध राखेको केहीबेरपछि दोस्रोपटक शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा उनीमाथि आक्रमण भएको एसएसपी खनालले बताए । ‘दोस्रोपटक सम्बन्ध राख्ने क्रममा पैसाको विवाद भएको देखिन्छ,’ खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विवाद भएपछि युवतीले उनलाई धकेलेर सुत्न गइन्, होटेलमै रहेका मागधन राईले इँटाले उनलाई टाउकोमा हानेको अनुसन्धानमा खुलेको छ ।’ राजकुमार र मागधन दुवैले त्यसवेला अत्यधिक मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा संगीताका छोरा अरुण माझी र बुहारी दिया माझीलाई पनि पक्राउ गरेको छ । हत्यामा उनीहरूको अप्रत्यक्ष संलग्नता रहेको प्रहरीले जनाएको छ । दिया सोही रेस्टुरेन्टमा काम गर्थिन् भने उनका श्रीमान् अरुण रङ लगाउने काम गर्थे । अरुण संगीताका पूर्वश्रीमान्तर्फका छोरा हुन् ।

यसरी भयो ट्याक्सीचालकको हत्या

घटना विवरणअनुसार ट्याक्सीचालक राजकुमार लामाले शनिबार साँझ साढे ६ बजे हेलम्बु रेस्टुरेन्टमा गएर तुम्बा पिएका थिए । करिब एक घन्टापछि उनी रेस्टुरेन्टमा काम गर्ने महिलालाई बाहिर लिएर गई पछि सँगै फर्किएका थिए । फर्किएपछि उनले सञ्चालिका संगीता राईसहित मिलेर भोड्का पिएका थिए । मदिरामा मात्तिएपछि संगीताले रेस्टुरेन्टमा काम गर्ने माया तामाङलाई राजकुमारसँग दोहोरी जान प्रस्ताव गरेकी थिइन् ।

निकै कर गरेपछि राजी भएकी मायालाई राजकुमारले बा.२ज २२३ नम्बरको ट्याक्सी चढाएर गौरीघाटतर्फ लगे । तर, ट्याक्सी खाल्डोमा फसेपछि उनीहरू अर्काे ट्याक्सी चढेर रेस्टुरेन्टमैै फर्किए । त्यसवेलासम्म रेस्टुरेन्ट बन्द भइसकेको थियो । त्यहाँबाट अन्डरग्राउन्डमा रहेको रेस्टुरेन्टमा गएका उनीहरूले शारीरिक सम्बन्ध राखेका थिए ।

प्रहरीका अनुसार सम्बन्ध कायम भएपछि युवतीले पैसा मागेकी थिइन् । तर, राजकुमारले आफूले संगीतालाई पैसा दिइसकेको बताए । त्यही क्रममा उनले युवतीस“ग दोस्रोपटक सम्बन्ध राख्न खोजे । तर, पैसा नपाएको भन्दै राजकुमारलाई धकेलेर लडाएपछि युवती सुत्न गइन् । अत्यधिक मदिरा सेवन गरेकाले राजकुमार उठ्न सकेनन् । तर, हल्लाखल्ला भएको सुनेपछि उठेका संगीताका भाइ मागधनले उनलाई इँटाले टाउकोमा प्रहार गरे ।

पछि संगीताका छोरा अरुणले मान्छे रक्सी खाएर घाइते अवस्थामा लडिरहेको छ भन्दै नजिकैको नयाँ बस्ती प्रहरी बिटमा खबर गरे । बिटमा दुईजना मात्र प्रहरी थिए । एकजना सेन्ट्रीमा थिए । अर्का प्रहरी आएर उनलाई अस्पताल पुर्याए । ‘अस्पताल पुर्याउँदा उनको मुत्यु भइसकेको थियो,’ एसएसपी खनालले भने ।

स्रोतका अनुसार घाइते भएर लडेको करिब १५ मिनेटपछि प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो । प्रहरी बिटनजिकै भएको घटनामा प्रहरीले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । आक्रोशित भीडले प्रहरी बिटमा आगो लगाउनुका साथै प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी आगजनी मुद्दा चलाएको छ । प्रहरीमाथि आक्रमणको घटना अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी खनालकै संयोजकत्वमा छानबिनसमेत गठन गरेको छ । त्यस विषयमा भने छानबिन जारी नै रहेको खनालले बताए ।

प्रहरीका तीन कमजोरी

१) प्रहरी बिटमा आगलागी हुनुमा प्रहरीको पनि कमजोरी देखिएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले स्थानीयसँग राम्रो सम्बन्ध राख्न नसक्नुदेखि घटनाको अनुसन्धानसम्ममा प्रहरीका
त्रुटि छन् ।

२) घाइते अवस्थामा भेटिएका राजकुमारको टाउकोमा चोट थियो । जसले उनको हत्या भएको प्रमाण दिन्थ्यो । तर, प्रहरीले गम्भीरताअनुसार अनुसन्धान अगाडि बढाउन सकेन । अनुसन्धानका लाथि सुरुमा होटेल सञ्चालिका संगीतालाई मात्र पक्राउ गर्‍यो । जबकि हत्यामा अरूको पनि संलग्नता थियो । मृतकका आफन्तले होटेलमा काम गर्ने युवती माया तामाङ दोषी रहेको दाबी गर्दै आएका थिए । हत्यामा सम्भावित व्यक्तिहरूलाई सुरुमा नियन्त्रणमा लिएर अनुसन्धान अघि नबढाउँदा मृतकका आफन्त आक्रोशित भएका थिए । घटनास्थलमा भोलिपल्टसम्म मृतकको चप्पल त्यहीँ थियो । मुचुल्का उठाउन प्रहरीले गम्भीर लापबाही गरेको थियो । बौद्ध वृत्तका डिएसपी विपिन रेग्मी बिदामा थिए । धेरै अनुभव नभएका वृत्तका इन्स्पेक्टरहरूले घटनाको गम्भीरता विश्लेषण गर्न सकेनन् ।

३) महानगरीय प्रहरी बिट नयाँ बस्ती र स्थानीयबीच राम्रो सम्बन्ध थिएन । घटना भएको रेस्टुरेन्टमा बिटका प्रहरीहरू पनि जाने गर्दथे । सोही कारण प्रहरीले सो रेस्टुरेन्ट ढिलासम्म खोल्न दिने गरेको आरोप लाग्ने गरेको थियो । अर्काेतर्फ अन्य रेस्टुरेन्टलाई प्रहरीले ८ बजे नै बन्द गराउँथ्यो । बन्द गराउने काममा प्रहरीले स्थानीयहरूलाई दुव्र्यवहार गरेका थिए । जसको रिस सो घटनामा पोखिएको थियो । क्याबिनहरू बन्द गर्नुपर्ने पक्षका स्थानीयहरूले आइतबार प्रहरीविरुद्ध रिस पोखेका आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको