Like us!
Follow us!
Connect us!
Watch us!

बालसन्तमाथि आक्रमणको आशंकामा दुई पक्राउ

आइतबार, २५ चैत्र २०७४, १७ : ४७ मा प्रकाशित

बालसन्तमाथि आक्रमणको आशंकामा दुई पक्राउ

अर्थ संसार, विराटनगर– प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आज दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो । आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो ।

विराटनगर–१४ स्थित जतुवामा गएराति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उहाँको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त रहनुभएको बताइएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय आचार्य आजदेखि विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा श्रीमद्भागवत पुराण वाचनका लागि आउनुभएको हो ।
आचार्यको स्वास्थ्य अवस्था बुझ्न १ नं प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रमुख न्यूरो अस्पताल पुग्नु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको