Like us!
Follow us!
Connect us!
Watch us!

अज्ञात समूहद्धरा आचार्यमाथि गोली प्रहार

आइतबार, २५ चैत्र २०७४, ११ : २४ मा प्रकाशित

अज्ञात समूहद्धरा आचार्यमाथि गोली प्रहार

अर्थ संसार, विराटनगर– बालसन्त स्वामी श्रीनिवास आचार्यलाई शनिबार  राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

उहाँ विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि आउनुभएको हो । अभियुक्तको खोजवीन भइरहेको प्रहरीले जनाएको छ ।

घाइते भएका श्रीनिवासाचार्यले सुनसरीको प्रकाशपुरमा आफनै निवासमा केही दिनअघि पुराण लगाएका थिए ।पुराणमा पूर्वराजा ज्ञानेन्द्र शाह समेत उपस्थित थिए ।

पूर्वराजा ज्ञानेन्द्रसँग उनको चैत्र २ गते भेट भएको थियो ।शाह र श्रीनिवासाचार्यबीच हिन्दु घर्मको रक्षा र हिन्दु राष्ट्रका बिषयमा एक घण्टा गोप्य कुराकानी समेत भएको थियो ।

पूर्वराजा शाह र श्रीनिवासाचार्यवीच भेटघाट भएको केही दिन बित्न नपाउँदै गएराति उनलाई गोली प्रहार गरिएको घटनालाई लिएर बिरोध र्याली निकाल्ने तयारी भइरहेको छ ।

5ac9bb4a31cb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको