Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको बोली र पुँजीबजार

शुक्रबार, २३ चैत्र २०७४, १० : ५० मा प्रकाशित

अर्थमन्त्रीको बोली र पुँजीबजार

केही महिनादेखि निरन्तर ओरालो लागेको नेपाली पुँजीबजार यस वर्षको सर्वाधिक न्यून बिन्दुमा पुगेको छ । हुन त पुँजीबजारमा घटबढ हुनु सामान्य नै मान्नुपर्छ ।

तर, हाम्रा अर्थमन्त्रीले बिबिसीमा दिएको अन्तर्वार्ता र उहाँले भर्खरै जारी गरेको श्वेतपत्र नै पुँजी बजारका लागि अभिशाप बन्न पुगेको भन्ने सबैतिर चर्चा छ । के हाम्रा अर्थमन्त्रीलाई थाहा छ, पुँजीबजारमा पैसावाला करोडपतिले मात्र होइन, साग बेच्ने रोडपतिले पनि लगानी गरेका हुन्छन् भन्ने ?

नियुक्त हुँदै गर्दा अर्थमन्त्रीमाथि हाम्रो निकै ठूलो भरोसा थियो । तर, उहाँप्रतिको विश्वास आज विडम्बनामा बदलिँदै छ । नेप्से निरन्तर ओरालो लाग्दा विशेष गरी साना र नयाँ लगानीकर्ता निकै चेपुवामा परेका छन् ।

उनीहरूको पीडामा उहाँबाट अलिकति पनि सुनुवाइ हुन सकेको छैन । डा. खतिवडाजस्ता पुँजी बजारमा दूरदर्शी भिजन राख्ने व्यक्तिले यो हेक्का राख्नुपर्ने विषय होइन र ? यतिवेला सबैतिर डा. खतिवडाजस्ता पुँजीबजारविरोधी व्यक्तिलाई अर्थमन्त्री बनाएर प्रधानमन्त्री केपी ओलीले लगानीकर्ताको सपनालाई चकनाचुर पारिदिए भन्नेको जमात दिनदिनै बढिरहेको छ ।

हुन त अहिलेका अर्थमन्त्री गभर्नर छँदा पनि लगानीकर्ताले धेरै नै मार खेप्नुपरेको थियो । उहाँ जस्ता विद्वान् नेताले लाखौँ लाख लगानीकर्तालाई मलमपट्टी लगाउन चाहनुभएको भए श्वेतपत्रमार्फत पुँजी बजारलाई समेट्न सक्नुहुन्थ्यो, तर उहाँले अरूले बिगारेकाले देशको अर्थतन्त्र बर्बाद छ भनेर लगानीकर्ताको मनोबल झनै गिराइदिनुभयो । त्यसैले, अर्थमन्त्रीले बेलैमा पुँजीबजारबारे उचित कदम चाल्न ढिलो गर्नु हुँदैन ।

जयराम पुडासनी, बौँद्ध, काठमाडौं

[email protected]

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको