Like us!
Follow us!
Connect us!
Watch us!

सलमान खानलाई ५ वर्षको जेल सजाय

विहीबार, २२ चैत्र २०७४, १८ : ५३ मा प्रकाशित

सलमान खानलाई ५ वर्षको जेल सजाय

अर्थ संसार, काठमाडौं– भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।

कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए ।

तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको