Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा ११ र १२ को परीक्षा फारम भर्न छुटेर चिन्तित हुनुहुन्छ ? अब नहुनुहोस्, पुनः फारम खुल्यो

विहीबार, २२ चैत्र २०७४, १८ : ४५ मा प्रकाशित

कक्षा ११ र १२ को परीक्षा फारम भर्न छुटेर चिन्तित हुनुहुन्छ ? अब नहुनुहोस्, पुनः फारम खुल्यो

अर्थ संसार, भक्तपुर–राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन : फारम भर्न अन्तिम मौका दिएको छ ।

परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो ।

देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र जरिवाना तिरेर भर्न पाइने व्यवस्था गरिएको छ ।
परीक्षाका लागि देशभर गत वर्षभन्दा ५७ परीक्षा केन्द्र थप गर्दै बोर्डले एक हजार ४९ केन्द्र निर्धारण गरेको छ । आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेबाट कक्षा ११ को परीक्षा सुरु हुनेछ ।

परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको