Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख २ देखि आर्थिक गणना हुँदै, तीन हजार ५०० जनशक्ति परिचालन गरिने

सोमबार, १९ चैत्र २०७४, ११ : ४५ मा प्रकाशित

वैशाख २ देखि आर्थिक गणना हुँदै, तीन हजार ५०० जनशक्ति परिचालन गरिने


अर्थ, संसार, काठमाडौँ – तीन हजार ५०० जनशक्ति परिचालन गरी देशैभर एक पटक आर्थिक गणना गरिने भएको छ ।

नेपालमै पहिलो पटक देशव्यापी रुपमा आगामी  वैशाख २ गते आइतबारदेखि राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ ।

नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरुले मुलुकभरका ७७ वटै जिल्लाहरुमा एकैपटक गणना सुरु गर्ने भएको हो ।

राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालय काठमाडौं र नेपाल चेम्वर अफ कमर्सलेअ ावश्यक जानकारी दिएको छ ।

आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले नेपालमै पहिलो पटक नयाँं वर्षको सुरुवातसँंगै गणनाको काम सुरु हुने जानकारी दिनुभयो । वैशाख १ गते शनिबार परेकाले देशैव्यापी रुपमै बैशाख २ गते आइतबारदेखि काम सुरु हुने उहाँंले जानकारी दिनुभयो ।

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले संघ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायको व्यवसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको जानकारी दिनुभयो ।

 जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरुको कुल संख्या स्थिति समन्धीको तथ्यांक आदि प्राप्त हुने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ऐतिहासिक यस काममा सहयोग गर्न निजी क्षेत्र तत्पर रहेको बताउनुभयो । यसले मुलुकको आर्थिक विकासमा सहयोग हुने विश्वास उहाँंले व्यक्त गर्नुभयो ।  

तथ्यांक संकलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालित हुने कार्यक्रममा जनाइयो । तथ्यांक संकलनपछि यसको प्रशोधन, सार्वजनिकीकरणलगायतका पाँंच वर्षे यो योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने कार्यक्रममा बताइयो । जिल्ला आर्थिक गणना कार्यालय काठमाडौंका आर्थिक गणना अधिकृत एवं निर्देशक रामबन्धु रेग्मीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको