Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा यसरी मौलाउँदै छ भारु नोटको धन्दा

मंगलबार, २८ मंसिर २०७३, ०९ : १८ मा प्रकाशित

नेपालमा यसरी मौलाउँदै छ भारु नोटको धन्दा

काठमाडौं–पाँच सय र हजार दरका भारु नोट प्रतिबन्ध भएपछि भारु सटही धन्दा मौलाएको छ। कालाबजारियाले हजार र पाँच सय दरका नोट प्रतिबन्धको फाइदा उठाउँदै सय दरका भारु नोटलाई धन्दा फैलाउने अस्त्र बनाउन थालेका छन्।

उनीहरु नेपाल राष्ट्र बैंकबाट सय दरका भारु नोट प्रचलित विनिमय दरमा साट्ने र बढी मूल्य लिएर बेच्ने धन्दामा सक्रिय छन्। तीर्थाटन, विभिन्न तालिम, शिक्षा एवं औषधोपचारका लागि भारत जाने तथा सीमाक्षेत्रमा बस्ने सर्वसाधारणलाई भारु प्रतिबन्धले पिरोलेको छ। उनीहरु महँगो दरमै भए पनि कालाबजारियासँग सय दरका भारु नोेट खरिद गर्न विवश छन्।

५ सय र हजार दरका भारु नोट प्रतिबन्ध लगाइएपछि सय दरका भारु नोट साट्नेको घुइँचो राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयमा लाग्न थालेको छ। ठूला दरका नोट प्रतिबन्धित भएपछि उक्त स्थान सय दरका नोटले लिन थालेको आजको नागरिक दैनिकले समाचार छापेको छ । 

५ सय र हजार दरका भारु नोट प्रतिबन्ध लगाइएपछि सय दरका भारु नोट साट्नेको लहर नै लागेको नेपाल राष्ट्र बैंक बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले आइतबार नागरिकलाई बताए। हरेक दिन सय दरका नोट सटही गर्न आउने थपिँदो छन्, उनले भने, ५ सय र हजार दरका भारु नोटले ब्ल्याक मार्केट (कालोबजार) धानिरहेकामा उक्त नोट प्रतिबन्धित भएपछि सय दरका नोटमा बढी चाप परेको छ।

राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सय दरका नोट साट्न आउने संख्या हरेक दिन थपिँदै गएको र्कायकारी निर्देशक अधिकारीले बताए। सय दरका नोट साट्न आउनेको संख्या हरेक दिन थपिएको थपियै छ,ु उनले भने, ुअहिलेसम्म कारणसहित माग गर्न आउनेलाई भारु नोट साटिदिने गरेका छौं।

भारत सरकारले ५ सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकको थापाथलीमा अहिले यसरी भारु साट्नेको भीड लाग्ने गरेको छ। दिनहुँ भारु साट्नेको चाप बढ्दो छ, धेरै मानिसलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बढीमा २५ हजार मात्र दिने व्यवस्था गरेको छ।

अवस्था हेरी २ हजार, १० हजार र बढीमा २५ हजारसम्म उपलब्ध गराउँदै आएको  र्कायकारी निर्देशक अधिकारीले बताए।

ुनागरिकता वा परिचयपत्र खुल्नेलाई मागेका बखत २ हजार भारु साटिदिने गरेका छौं,उनले भने, घुम्न जानेलाई होटल बुक गरेको कागज, हवाई टिकट आदि ल्याउनेलाई बढीमा १० हजार भारुसम्म साटिदिने गरेका छौं। उपचार गर्न जानेलाई डाक्टरको सिफारिसमा बढीमा २५ हजारसम्म साटिदिने गरेको पनि उनले जानकारी दिए।

सयभन्दा साना दरका भारु नोट दैनिक १ करोडभन्दा बढी साट्ने गरेको उनको भनाइ छ। अहिले भएको रकमले तीन महिनासम्म धान्छ, उनले भने, त्यसपछि थप नोट ल्याउनुपर्ने हुन्छ।

अहिले तीर्थाटनको समय भएकाले तीर्थ जानेबाट धेरै रकम माग आएको छ। राष्ट्र बैंकले उनीहरुलाई एटिएम प्रयोग गर्न सुझाव दिएको छ।

नेपाल राष्ट्र बैंकसँग अहिले करिब ३ अर्ब ५० करोड भारु नोट मौज्दात छ। वाणिज्य बैंकमार्फत पनि सर्वसाधारणलाई भारु नोट साट्न पाउनेले व्यवस्था राष्ट्र बैंकले गरेको छ। वाणिज्य बैंकलाई बढीमा ३ लाख भारु नोट दिने गरेका छौं, उनले भने। नेपाल बैंकलाई सबैभन्दा बढी ३ लाखसम्म भारु नोट दिने गरेको र्कायकारी निर्देशक अधिकारीले बताए।

बैंकले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय दरका नोट साट्न कम गरेको छ। करिब दुई वर्ष अघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो।

भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गते बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न भन्दै भारत सरकारले यस्तो निर्णय गरेको थियो। ठूला दरका नोट प्रतिबन्धको असर साना दरका भारु नोट सटहीमा पनि परेको देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको