Like us!
Follow us!
Connect us!
Watch us!

संकटा सहकारीले सुरु गर्यो एटिएम सेवा

बुधबार, १२ असोज २०७३, १४ : ५९ मा प्रकाशित

संकटा सहकारीले सुरु गर्यो एटिएम सेवा

अर्थ संसार
काठमाडौं । न्यूरोडस्थित संकटा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ । संस्थाले आफ्नो १७ औ साधारणसभाको अवसरमा एटीएम सेवा सुरु गरेको हो । सहकारीले लक्ष्मी बैंकसँगको सहकार्यमा माइक्रो एटिएम मोबाईल सेवा शुरु गरेको जनाएको छ । संस्थाका प्रवन्ध सञ्चालक विन्देश्वर श्रेष्ठका अनुसार अब सदस्यहरुले सहकारीको हरेक कारोबार आफ्नै मोबाईलबाट गर्न सकिने पनि जानकारी दिए ।

एटीएम सेवा उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरेका हुन् । बचत तथा ऋणमा मात्र केन्द्रीत नभई संकटा बचत तथा ऋण सहकारी संस्थाले सफा टेम्पो, सुपथ मुल्य पसल सञ्चालन, नयाँ नयाँ प्रविधि तथा संचार क्षेत्रमा लगानी गरिरहेको छ ।
संस्थाको आर्थिक वर्ष २०७२ /०७३ मा अषाढ मसान्त सम्म संस्थाले ८८ करोड ७४ लाख १२ हजार निक्षेप संकलन गरेको छ भने ६८ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।
९ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको