Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय स्तरको काठमाडौ वल्र्ड स्कुल संचालनमा

सोमबार, १२ चैत्र २०७४, २० : १४ मा प्रकाशित

अन्तर्राष्ट्रिय स्तरको काठमाडौ वल्र्ड स्कुल संचालनमा

अर्थ संसार, काठमाडौं– आवास (छात्राबास) सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको स्कुलको अभावमा हरेक वर्षसयौंको सङ्ख्यामा नेपाली अभिभावकहरूले आङ्खना नानीहरूलाई मुलुकबाहिर खासगरि भारतमा लानुपर्ने स्थितिलाई अन्त्य गर्न र देशभित्रै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौ वल्र्ड स्कुल यस वर्षदेखि सञ्चालनमा आएको स्कुलका प्रमुख कार्यकारी डा. राजेन्द्र कुमार घिसिङ्गले बताउनुभयो ।

विज्ञानर प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतिलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि आधारभूत मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउन विद्यार्थीहरूको सर्वाङ्गिन् अर्थात शैक्षिक, व्यक्तिगत, समाजिक, मानसिक एवम् शारीरिक विकासका लागि स्कुलले आधुनिक शिक्षण विधिमा जोड दिनुका साथै विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र विद्यार्थीहरूलाई सानैदेखि आङ्खनो कार्यप्रति आफै जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा दया, करुणा, भाइचाराको अभिवृद्धि गर्नेर एकअर्का प्रतिको सम्मानलाई आत्मसात गर्न निरन्तर रूपमासमाजिक सेवामालगाउने जस्ता योजनाहरू स्कुलले राखेको छ। विद्यार्थीहरूलाई कुनै कुरा सिकाउने भन्दा पनि आफैले नया“ विषय वा कुरा कसरी सिक्ने भन्ने कुरामा स्कुलले जोड दिएको छ ।

काठमाडौ वल्र्ड स्कुल भक्तपुर, सूर्यविनायक नगरपालिका – ७, गुन्डुमा करीब ५५ रोपणी जग्गामा फैलिएको छ भने३००,००० वर्गफिट बराबरको भौतिक संरचनाको हाल निर्माण कार्य भइरहेको छ । पहिलो चरणको निर्माण कार्य लगभग सकिएको छ रदोस्रो चरणको निर्माण कार्य आगमी एक वर्षमा सम्पन्न हुने स्कुलको योजना रहेको छ । सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरि करीव १,२०० विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्नेछन् भने ३८० जना छात्र÷छात्राहरूको आवास गृह तयार हुनेछ ।

स्वीमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दाबढी विभिन्न अतिरित क्रियाकलापहरू जस्तै नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल, आदिको सुविधा रहेको छ ।सेमिनार, विविध सांस्कृतिक कार्यक्रमका लागि दुईवटा हालहरूको निर्माण भइसकेको छ भने करिव ६०० जना क्षमताको अडिटोरियम पनि दोस्रो चरणमा निर्माण हुनेछ । विद्यालयको उत्तर, पूर्व र दक्षिणमा हरियो जङ्गलको सिमानरहेको र पश्चिमतर्फको सिमानमा मानव बस्ती रहेको त्यो ठाउ“ अध्ययन तथा अध्यापनका लागि उपयुक्त वातवरण मानिन्छ ।

स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ए लेभलको अध्यापन पनि गर्नेछ ।तर शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मको लागि मात्र भर्ना खुला गरिएको छ भने कक्षा ११ र ए लेभलको कक्षाहरू शैक्षिकसत्र २०७६ बाट मात्र सुरू हुनेछ। काठमाडौ वल्र्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपिसि) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाइसि) माध्यामिक तहमा अपनाउने छ ।

स्कुलले अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा विद्यार्थीहरूलाई अध्यापन गराउने र समय सापेक्षा उनीहरूको ज्ञान तथा शिक्षण क्षमता विकासका लागि निरन्तर रूपमा तालिम, गोष्ठि, सेमिनार गर्ने र सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूको शिक्षण तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि समेत काठमाडौ वल्र्ड स्कुलले सहकार्य गर्नेर आवश्यक तालिम दिने योजना रहेको छ ।

स्कुल पूर्ण रूपमा सञ्चालनमा आएपछि गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई मुलुकबाट बाहिर लानुनपर्ने र सो का लागि बाहिरिएको करोडौं रकमलाई रोक्न सघाउ पुग्नुका साथै भविष्यमा छिमेकी देशहरूका विद्यार्थीहरूलाई समेत नेपालमा आकर्षण गर्ने काठमाडौ वल्र्ड स्कुलको रणनीतिक योजना रहेको छ ।

 

5ab905a2371a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको