Like us!
Follow us!
Connect us!
Watch us!

लागुऔषधसहित दुईजना पक्राउ

शनिबार, १० चैत्र २०७४, २० : १२ मा प्रकाशित

लागुऔषधसहित दुईजना पक्राउ

अर्थ संसार, पोखरा–लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई आज पक्राउ गरेकोछ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् ।

प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष टोलीले उनीहरुलाई लागुऔषधसहित पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट निर्फिम ७० थान, डाइजापाम ७० थान, फेनरागन ७० थान गरी कूल २१० थान लागुऔषधसहित दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको