Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट हाइड्रोपावरमा ९ अर्ब लगानी भित्रदै, आइतबार सम्झौता हुने

शनिबार, १० चैत्र २०७४, १७ : ३३ मा प्रकाशित

चीनबाट हाइड्रोपावरमा ९ अर्ब लगानी भित्रदै, आइतबार सम्झौता हुने

अर्थ संसार, काठमाडौं –नेपालमा पहिलो पटक चीनबाट जलविद्युत् परियोजनामा रु नौ अर्ब लगानी भित्रने भएको छ ।

इपिसिएफ ढाँचामा ४८.८ मेगावाटको खिम्ती २ आयोजना निर्माणका लागि उक्त परिमाणको रकम भित्रन लागेको हो ।

चीनको चोरिङ वाटर एन्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड र  पिपल्स इनर्जी लिमिटेडले संयुक्त रुपमा ईपीसीएफ खाकामा खिम्ती २ आयोजना निर्माण गर्न लागेको हो ।

 लगानी सम्बन्धी द्विपक्षीय सम्झौतामा आइतबार हस्ताक्षर हुने भएको छ । हस्ताक्षर कार्यक्रम इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा राखिएको छ ।

आयोजना निर्माणका लागि आइतबार प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र चोरिङ र चाइना एन्ड पिपल्सबीच ८ करोड ८० लाख अमेरिकी डलरमा (रु ९ अर्ब रुपैयाँ) ठेक्का सम्झौता हुने भएको हो ।

इपीसीएफ सम्झौताअनुसार प्रवद्र्धक पिपल्स इनर्जीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ । त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने छ ।

आयोजनाको कुल लागत रु  १० अर्ब ५० करोड रहेको छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् ।

यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने छ ।

आयोजनाबाट ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको