Like us!
Follow us!
Connect us!
Watch us!

११ कम्पनीका सेयर स्टकमा सूचीकृत, कसको कति ?

शनिबार, १० चैत्र २०७४, १७ : १६ मा प्रकाशित

११ कम्पनीका सेयर स्टकमा सूचीकृत,  कसको कति ?

अर्थ संसार, काठमाडौँ – यस साता कारोबार रकमका  आधारमा  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ सो कम्पनीको १६ करोड ५८ लाख २० हजार बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको सेयर संख्याका  आधारमा  नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १४ हजार कित्ता सेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता राधी हाइड्रो पावरको ४१ लाख कित्ता साधारण सेयर, मुक्तिनाथ विकास बैंकको ४३ लाख १९ हजार ६०५ कित्ता बोनस, रिडी हाइड्रो पावर कम्पनीको दुई लाख ८४ हजार ५९८ कित्ता बोनस, बोमी माइक्रोफाइनान्सको एक लाख २९ हजार ६०० कित्ता बोनस, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयर स्टककमा सूचीकृत भएका छन् ।

यस्तै आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण सेयर, जनता बैंकको एक करोड ७० हजार ९१९ कित्ता बोनस, नेपाल फाइनान्सको दुई लाख ४४ हजार २१९ कित्ता बोनस, गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३६५ कित्ता बोनस, आरएसडिसि लघुवित्त वित्तीइ संस्थाको एक लाख ४९ हजार ५०० कित्ता कोनस र प्रिमियर इस्योरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता थप निस्काशन समेत स्टकमा सूचीकृत भएका छन् ।

धितोपत्र बजारमा यस साता १ अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढि हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार एक सय ६० कित्ता शेयर रु  एक अर्ब २९ करोड ३६ लाख ९८ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०.४४ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२.०६ अंकले घटेर २६०.४१ अंकमा आईपुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको