Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय निकायसँग सहकार्य बढाउँदै साझा यातायात

शुक्रबार, ०९ चैत्र २०७४, १५ : ३० मा प्रकाशित

स्थानीय निकायसँग सहकार्य बढाउँदै साझा यातायात

अर्थ संसार, ललितपुर– साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ ।साझाले यसअघि नै काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ ।

आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने योजना रहेको साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेय बताउनुभयो । साझाले अहिले काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिरहेको छ ।

काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन् । काठमाडाँैं उपत्यका र उपत्यका बाहिरका धेरै नगरपालिकासँग पनि सहकार्य गर्न चाहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले दुईवटासँग सहकार्य गरिसकेका छौंँ र आगामी दिनमा अरुसँग बढाउँदै जाने लक्ष्य छ ।”

साझामा सरकारका विभिन्न निकाय, संघसंस्था र सर्वसाधारण नागरिकको लगानीमा सञ्चालित छ । सबैभन्दा बढी शेयर सरकारी क्षेत्रको रहेको छ । ९० प्रतिशत शेयर स्थानीय निकायलगायत सरकारी कार्यालयको छ । उहाँ भन्नुहुन्छ, “निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्रको लगानी अझै बढ्न सक्छ ।”

साझा यातायातका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ४७ वटा बस सञ्चालनमा छन् । अघिल्लो महिनाबाट साझाले अपांगतामैत्री ‘सेमी लो–फ्लोर’ बस समेत शुरु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको