Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

शुक्रबार, ०९ चैत्र २०७४, १५ : २६ मा प्रकाशित

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

अर्थ संसार, काठमाडौँ– नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो ।

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताउनुभयो ।

हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ ।

केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको