Like us!
Follow us!
Connect us!
Watch us!

५ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

शुक्रबार, ०९ चैत्र २०७४, १२ : ०४ मा प्रकाशित

५ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा शुक्रबार (आज) ५ कम्पनीको सेयर सूचिकृत भएको छ ।

जनता बैंक नेपाल लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, गरिमा विकास बैंक लिमिटेड र  आरएसडिसी लद्युवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको हो ।

उर्जामन्त्री वर्षमान पुनको स्थलगत भ्रमणको प्रतिक्षामा काबेली कोरिडोर टान्समिशनलाईन आयोजना

कुनको कति ?

जनता बैंक

जनता बैंक नेपाल लिमिटेडको बोनस सेयर (आज) शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार बैंकको १, ००,७०, ९१९.३५ कित्ता बोनस सेयर सूचिृकत भएको हो ।

प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपिओ (आज) शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ  नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल फाइनान्स

नेपाल फाइनान्स लिमिटेडको २ लाख ४४ हजार २१९ कित्ता बोनस सेयर नेप्सेमा आज सूचिकृत भएको छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडको ३३ लाख ६ हजार ३६५.२१ कित्ता बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

आरएसडिसी लद्युवित्त वित्तीय संस्था

यस आरएसडिसी लद्युवित्त वित्तीय संस्थाको आज नेप्सेमा १ लाख  ४९ हजार ५०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

5ab4a2c5a8d8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको