Like us!
Follow us!
Connect us!
Watch us!

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ११८ शाखाहरुबाट संकलन

विहीबार, ०८ चैत्र २०७४, १७ : २१ मा प्रकाशित

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ११८ शाखाहरुबाट संकलन

अर्थ संसार, काठमाडौं ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । गत बर्ष जस्तै यस वर्षपनि बैंकले चैत ८ देखिदेखि १७ गतेसम्म सञ्चालन हुने ९ औँ  इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ११८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।

 नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकका देशभर रहेका ११८ वटा शाखाहरु मार्फत परीक्षा शुल्क संकलन गरिएको कारण सेवाग्राहीहरुले सहज तरिकाले परीक्षा शुल्क बुझाउन पाएका छ्न ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको