Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण बढ्न सकेन सेयर बजार

विहीबार, ०८ चैत्र २०७४, १२ : ४३ मा प्रकाशित

यस कारण बढ्न सकेन सेयर बजार

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार कारोबार भएको सवै समूह ओरालो लाग्दा नेप्से १२२० विन्दुमा पुगेको छ ।

१०.६३ अंकले घटेको बजारमा १५८ वटा कम्पनीको १० लाख ८८ हजार १५७ कित्ता सेयर ४४ करोड १६ लाख ४४ हजार ८२६

उर्जामन्त्री वर्षमान पुनको स्थलगत भ्रमणको प्रतिक्षामा काबेली कोरिडोर टान्समिशनलाईन आयोजना

बजारमा तरलता अभाव कायमै रहेको र दोस्रो बजारबाहेक पनि अन्य लगानी सम्भावना प्रशस्त रहेका कारण सेयर बजारमा खासै रौनक आउन सकोको छैन ।

सरकारले स्वेतपत्रमार्फत सेयर बजारमा पनि सम्बोधन गर्ने कुरा आएको भएपनि सो आई नसकेको सन्दर्भमा बजारमा लागनीकर्ताको विश्वास बढ्न सकेको छैन ।

अर्थमन्त्रीले आफूले सेयर बजारका बारेमा नकरात्मक टिप्पणी नगरेको कुरा बारम्बार आइरहेको भएपनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन ।

सरकारको सेयर बजार मैत्री नीति कुरेको बजारमा बिहीबार क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ अंकले घटेको छ । आज बैंक ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत २५.२४, फाइनान्स ०.८, विमा १२०.७, उत्पादन ३३.०६, माइक्रोफाइनान्स १९.२५ र अन्य ५.२७ अंकले घटेको छ ।

हालै मात्र रसुवागढी र साञ्जेनको सेयर कर्मचारी तथा सञ्चयकोषका सञ्चयकर्ताका लागि जारी भएको र हाल दोस्रो पटक साधारण सेयर विक्री खुल्ला भैरहदा ठूलो मात्रमा रकम लगानी भएको छ भने बजारमा हाल पनि थुप्रो कम्पनीको हकप्रद र लिलामी सेयर खरिद गर्ने अवसर कामयमै छ ।

त्यसैगरी आगामी ११ गतेदेखि माथिल्लो तामाकोसीको साधारण सेयर आउने भएकाले पनि दोस्रो बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

यो पनि पढ्नुहोस्

उर्जामन्त्री वर्षमान पुनको स्थलगत भ्रमणको प्रतिक्षामा काबेली कोरिडोर टान्समिशनलाईन आयोजना 

राष्ट्र बैंकले १३० अर्ब २५ करोड तरलता खिच्यो

रसुवागढी र साञ्जेनका आवेदकलाई ११० कित्ता सेयर दिने तयारी 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको