Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी र साञ्जेनका आवेदकलाई ११० कित्ता सेयर दिने तयारी

विहीबार, ०८ चैत्र २०७४, ११ : ०१ मा प्रकाशित

रसुवागढी र साञ्जेनका आवेदकलाई ११० कित्ता सेयर दिने तयारी

अर्थ संसार, काठमाडौं – रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीका सेयर आवेदनकर्ताले कूल ११० कित्ता शेयर पाउने भएका छन् ।

गत फागुन ११ गतेदेखि ३० गतेसम्म सिमित आइपिओ जारी गरिएको थियो । सो आइपिओमा ६ गुणा बढी अआवेदन परेको थियो ।

कम्पनीहरुले दिएको जानकारीअनुसार रसुवागढी हाइड्रो पावर कम्पनीले न्यूनतम ७० कित्ता सेयर दिने भएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले न्यूनतम ४० कित्ता सेयर दिने तयारी गरिएको छ ।

रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले केही आवेदनमा गल्ती देखिएका कारण सेयर बाँडफाँडमा केही समस्या देखिएको बताए ।

उनले आवेदनमा देखिएको गल्ती सच्याउन समय लागेका कारण बाँडफाँडको समय समेत केही बढी लागेको हो ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले आवेदनकर्ता सबैलाई सेयर दिने तयारी गरिएको बताए । दुवै कम्पनीको शेयरमा रु ११ अर्ब बराबरको सेयर आवेदन परेको थियो ।

यस्तै यही चैत ५ गतेदेखि संस्थागत लगानीकर्तालाई सेयर बिक्री सुरु गरेको छ । त्यस्तो शेयर बिक्री यही चैत १३ गतेसम्म जारी रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको