Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको हकप्रद भर्नु भयो ? आज अन्तिम दिन

विहीबार, ०८ चैत्र २०७४, ०८ : ४० मा प्रकाशित

रिलायन्स फाइनान्सको हकप्रद  भर्नु भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको हकप्रद भर्ने बिहीवार अन्तिम दिन रहेको छ । फाइनान्सले चैत १ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएका हुन् ।

 रिलायन्स फाइनान्सले संस्थापक तर्फको ५ लाख ४२ हजार ३ सय १४. ५२ र सर्वसाधारण तर्फको १ लाख १० हजार ६ सय २६ दशमलव शून्य ८ कित्ता गरी कुल ६ लाख ५२ हजार ९ सय ४०.६० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

यसमा संस्थापक तर्फ न्यूनतम १ हजार र सर्वसाधारण तर्फ न्यूनतम १०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ, भने अधिकतमका लागि कुनै हद राखिएको छैन ।

रिलायन्सको हकप्रद विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको