Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको ३६५ दिने नगद कारोबार तथा लकर सेवा

बुधबार, ०७ चैत्र २०७४, १९ : २५ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको ३६५ दिने नगद कारोबार तथा लकर सेवा

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वर्षै भरी अर्थात ३६५ दिने नगद कारोबार तथा लकसर सेवा संचालन गर्ने भएको छ ।

यस अघि सार्वजनिक बिदाको दिनमा प्रधानकार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएकोमा चैत्र १० गते सार्वजनिक बिदाको दिन देखि लागू  हुनेगरि सेञ्चुरी बैंकका अब ९  स्थानमा पनि यो सेवा उपलव्ध गराउने भएको छ ।

 ३६५ दिने नगद कारोबार तथा लकर सेवा संचालन हुने कार्यालयहरु  

 बैंकको काउन्टर संचालनहुने शाखाहरु माक्रम  शपुतलीसडक, विर्तामोड, बुटवल, धुलिखेल, टिकापुर,  जनकपुर, भैरहवा, न्यूरोड, बिराटनगर, वीरगञ्ज, पोखरा, मानभवन, इटहरी, हेटौंडा, नेपालगञ्ज, सामाखुसी, धरान, नारायणगढ, धनगडी, कोटेश्वर रहेको छ भने लकर सुविधा भएका शाखाहरुमा

पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड, मानभवनबाट सेवालिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको