Like us!
Follow us!
Connect us!
Watch us!

लेनोभोले वोनान्जा अफर

बुधबार, १२ असोज २०७३, १४ : ५६ मा प्रकाशित

लेनोभोले वोनान्जा अफर

अर्थ संसार
बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक
काठमाडौं –लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकमले दशैं, तिहार र छठ महोत्सवको अवसर पारेर ‘वीनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना सन्तुष्ट उपभोक्ताहरुलाई थप उत्साहित बनाउन हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ ।

‘वीनान्जा, अब जित छ पक्का’ अफरअन्तर्गत उपभोक्ताहरुले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन । हरेक साताको लक्की ड्रमार्फत लेनोभो ट्याबलेटहरु तथा नोट बुक जित्ने छन् । यसका साथमा स्योर शट उपहारअन्तर्गत चाँदीको सिक्का, टि सर्ट, ८ जीबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लुटुथ हेडसेटलगायतका उपहार स्क्रयाच कार्डद्धारा जित्न सक्नेछन् ।

ल्यापटप उत्पादनका लागि विश्वमा ख्याति प्राप्त कम्पनी लेनोभोले स्मार्टफोन, ट्यावलेट र स्मार्ट टिभिलगायतका उच्चस्तरीय प्रविधिक उपकरणहरुद्वारा ग्राहकहरुलाई सेवा दिँदै आएको छ । विश्वका उत्कृष्ट स्मार्ट फोन ब्राण्डमा लेनोभो चौथो स्थानमा पर्दछ । यसको बजार विश्वभरि द्रुत गतिमा विस्तार हुँदैछ ।

लेनोभोले नेपाली बजारमा विभिन्न किसिमका बजेट अनुकुल विभिन्न उत्पादन ल्याएको छ ।
लेनेभोका हरेक मोबाइल फोनको खदिमा १ वर्षको वारेन्टी तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

९ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको