Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार हालसम्मकै न्यून बिन्दुमा, २४ अंकले घट्यो बजार

बुधबार, ०७ चैत्र २०७४, १६ : २६ मा प्रकाशित

शेयर बजार हालसम्मकै न्यून बिन्दुमा, २४ अंकले घट्यो बजार

अर्थ संसार, काठमाडौं – शेयर बजार आज २४.४० अंकले ओरालो लागेको छ । प्रतिशतका आधारमा हेर्दा यो १.९४ प्रतिशतको गिरावट भएको छ ।  

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २४.४० अंकले घटेर एक हजार २३१.०७ अंकमा झरेको छ ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ५.४९ अंकले घटेर २६२.४० अंकमा ओरालो लागेको छ ।

आज कूल  १५१ कम्पनीको १४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा रु ३७ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

आज  सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

उपसूचक तर्फ नौ समुहको कारोबारमा उत्पादन उपसूचक बाहेक सबै घटेका छन् । उत्पादनमुलक समूह ५८.४८ अंकले बढेको छ । बैंक २२.११, होटल २३.३१, विकास बैंक १३.८६, जलाबिद्युत २२.७, फाइनान्स ६.४, बीमा १८६.६९, अन्य ९.८५, लघुवित्त ४८.५२ अंकले घटेको स्टकले जनाएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको