Like us!
Follow us!
Connect us!
Watch us!

आज विश्व बाल रंगमञ्च दिवस : शब्द विहिन अर्जेन्टिनी नाटक , बालबालिकाका लागि अभिनय कार्यशाला (फोटोफिचर)

मंगलबार, ०६ चैत्र २०७४, १० : ५१ मा प्रकाशित

आज विश्व बाल रंगमञ्च दिवस : शब्द विहिन अर्जेन्टिनी नाटक , बालबालिकाका लागि अभिनय कार्यशाला  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– आज मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस आज विश्वभरी मनाइदैछ ।

बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनलको नेतृत्वमा मनाइने यस विश्व बाल रंगमञ्च दिवस नेपालमा आसितेज नेपालले मनाउन थालेको हो । यस वर्ष मार्च २० को सन्दर्भमा नेपालमा १० दिन अघिदेखि नै विभिन्न नाट्य गतिविधिका साथ मनाइरहेको छ ।

विश्व नाट्य यात्रामा रहेका अर्जेन्टिनी नाटक ‘मान्द्रगोरा सर्को’का साथ मार्च १० मा पोखरा थिएटरबाट नै विश्व बाल रंगमञ्च दिवसको सन्दर्भ पारेर नाटक मञ्चन तथा नाट्य कार्यशाला सुरु भएको थियो ।

बालबालिकालाई लक्षित गरी सिर्जना गरिएको यस क्लाउन नाटक लेट्स इन्टरटेमेन्ट, मण्डला थिएटर, थिएटर सेन्टर फर चिल्ड्रेन, थिएटर मल र आसितेज नेपालले सो नाटकलाई नेपाल यात्रा गराउने क्रममा फागुन २६ र २७ पोखरामा मञ्चन गरेर सुरु गरेको हो ।

त्यस्तै फागुन २९ गते मण्डला नाटकघरमा कार्यशालाका साथ अर्जेन्टिनी क्लाउन शो मान्द्रगोरा सर्को गरेर काठमाडौंमा यात्रा सुरु गरेको थियो । यसै क्रममा फागुन ३० र चैत १ गते ललितपुर र भक्तपुरका विभिन्न स्कुलमा सो नाटक प्रस्तुत गरिएको थियो ।

त्यस्तै विश्व यात्रामा रहेका अर्जेन्टिनी समूहलाई नेपाल यात्रा गराउने क्रममा मोरङको बेलबारीमा कार्यशाला र नाटक प्रस्तुति सकेको छ । आज मार्च २० कै दिन भने विराटनगरस्थित गुरुकुलमा मान्द्रगोरा सर्को प्रस्तुत गर्दै विश्व रंगमञ्चको सन्दर्भको नेपाल नाट्य यात्रा समापन हुनेछ ।

शब्दविबिहिन अर्जेन्टिनी नाटक ‘मान्द्रगोरा सर्को’ एक्रोबेटिक्स र सकर्सको कला मिसिएको क्लाउन प्रस्तुति हो । तीन जनाको समूहमा कलाकारद्वय जन क्रुज र मारियना तथा प्राविधिक एन्डी विश्व यात्रमा छन् ।

यो नाटक विगत १५ वर्षदेखि विभिन्न देशका २० भन्दा बढी नाट्य महोत्सवहरुमा प्रूतुत भइसकेको छ । त्यस्तै विगत ८ वर्षदेखि ‘मान्द्रगोरा सर्को’ विश्व यात्रामा रहेको आसितेज नेपालका अध्यक्ष दिपर्सन जंग राणाले बताएका छन् ।  

साथै यसै सन्दर्भमा थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलले काठमाडौंमा बालबालिकाका लागि चौथो अभिनय कार्यशाला सुरु गर्दैछ । १५ दिनसम्म चल्ने यो कार्यशाला यही चैतको १९ गतेदेखि सुरु हुने थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले जनाए ।

5ab09a954134d.jpg 5ab09ab51126d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको