Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोसीको सेयर विवादः सदरमुकाममा चक्का जाम

सोमबार, ०५ चैत्र २०७४, २० : २३ मा प्रकाशित

माथिल्लो तामाकोसीको सेयर विवादः सदरमुकाममा चक्का जाम

अर्थ संसार, चरिकोट– सेयर वितरण ‘मोडालिटी’ सच्याउनुपर्ने माग गर्दै अपर तामाकोशी सेयर सरोकार संयुक्त संघर्ष समितिले आज चरिकोटमा एक घण्टा चक्काजाम गरेको छ ।

समितिले पटक पटक समय दिँदा पनि आफूहरुको माग पूरा नभएको भन्दै सदरमुकाम चरिकोटमा एक घण्टा सडक धर्नासहित चक्काजाम गरेको हो ।

समितिको आह्वानमा माथिल्लो तामाकोसीको सेयर निष्कासन प्रक्रियाबाट असन्तुष्ट भएकाले सातदोबाटो चोकमा एक घण्टा यातायात अवरुद्ध गरेका हुन् ।

चक्काजामपछि अयोजित कोणसभामा संघर्ष समितिका संयोजक एवं नेपाली काँग्रेसका नेता बर्मा लामाले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

संघर्ष समितिले मंगलबार जिल्ला समन्वय समितिको कार्यालयमा एक घण्टा धर्ना दिने र चैत्र १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना, आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने जनाएको छ ।

संघर्ष समितिले सेयर वितरणमा दोलखावासीलाई विभेद नगरी अतिप्रभावित र प्रभावित गरी दुई तहमा मात्र वर्गीकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखावासीलाई सहज रुपमा सेयर हाल्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने, रकम जुटाउन नसक्ने दोलखावासीलाई सेयरप्रमाणपत्र धितो राखेर सेयर हाल्ने व्यवस्था मिलाउनुपर्नेलगायतका माग राखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको