Like us!
Follow us!
Connect us!
Watch us!

सार्क–सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीचमा एमओयु हस्ताक्षर

सोमबार, ०५ चैत्र २०७४, १९ : २५ मा प्रकाशित

सार्क–सीसीआई र ग्लोकल  प्राइभेट लिमिटेडको बीचमा एमओयु  हस्ताक्षर

अर्थ संसार, काठमाडौं–  सार्क वाणिज्य र उद्योग च्याम्बरद्वारा आयोजित सार्क बिजनेस लिडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क–सीसीआई र ग्लोकलले युवाहरूलाई  उद्यमशीलता र शिक्षामा अवसर  प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु  हस्ताक्षर गरेका छन् ।

सो एमओयु सार्क–सीसीआई का अध्यक्ष सुरज वैद्य र ग्लोकल  प्राइभेट लिमिटेडका कार्यकारी निदेशक आशिष ठाकुरद्वारा १८  मार्च, २०१८  मा मात्रिका यादव, वाणिज्य र आपूर्ति मंत्री, नेपालस हुमयुं रश्वा, वाणिज्य र उद्योग मंत्री, अफगानिस्तानी ल्योन्पो लेके दोर्जे , आर्थिक मामला मंत्री, भुटानको उपस्थितिमा  हस्ताक्षर गरिएको थियो ।

सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर(किशोरीलाई  ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन्  । १३/१९ बर्षको किशोर(किशोरीहरुको लागि ग्लोकल टीन हिरो एउटा  प्लेटफार्म हो जसले उनीहरुको  शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ ।

ग्लोकल  प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले भन्नु भयो- “ ग्लोकल टीन हिरोलाई सार्क राष्ट्रमा लागि रहेको बेला  । ग्लोकलमा, यो हाम्रो लागि एक महत्वपूर्ण क्षण हो । यो एमओयुले हामीलाई थप बल र सशक्तिकरण प्रदान गर्ने छ । ’

ग्लोकल  प्राइभेट लिमिटेड एउटा अनलाईन मिडिया, सीयसआर र ब्रान्ड कन्सलट्यंट रुपमा काम गरिरहेको छ । त्यो संगसंगै ग्लोकल अफ्टर स्कुलबाट  तालिम र विकासका लागी काम गरिन्छ र ग्लोकल टीन हिरो र ग्लोकल अन्तरास्ट्रिय कन्फरेन्स जस्ता बिभिन्न कार्यक्रमहरुबाट युवाहरुमा उधमशिलताको बिकाश गर्दछ ।

5aafbeaf76638.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको