Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिलाको हकप्रद बाँडफाँट

सोमबार, ०५ चैत्र २०७४, १८ : ४७ मा प्रकाशित

सांग्रिलाको हकप्रद बाँडफाँट

अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले बिक्री खुला गरेको ८० प्रतिशत हकप्रद सेयर आइतबार (चैत ४ गते) बाँडफाँट भएको छ ।

बैंकले १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता सेयर बिक्री खुला गरेकोमा ९९ लाख ६५ हजार ८०१ कित्ताका लागि मात्र आवेदन परेको थियो । यसआधारमा ९ लाख १ हजार ९९७.५ कित्ता हकप्रद बिक्री हुन सकेन ।

बिक्री नभएको बाँकी सेयर सांग्रिलाले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ११ हजार ७३२ जनाले आवेदन दिएका थिए । बैंकले पुस १७ देखि माघ २९ गतेसम्म १ करोड ८ लाख ६७ हजार ७९८।५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अभियानमा रहेको यस बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० गतेदेखि एकीकृत कारोबार समेत सुरु गरिसकेको छ । हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपैयाँ रहेको छ ।

हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सांग्रिलाले १६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको