Like us!
Follow us!
Connect us!
Watch us!

एम्बुलेन्सको चरम दुरुपयोग, बैंक र मालपोत जान प्रयोग

सोमबार, ०५ चैत्र २०७४, १४ : ४० मा प्रकाशित

एम्बुलेन्सको चरम दुरुपयोग, बैंक र मालपोत जान  प्रयोग

शंखर पहाडी‘गौरब’

अर्थ संसार, सिन्धुली– सिन्धुलीको  सिर्धौली नगरपालीकामा एम्बुलेन्सको दुरुपयोग भएको छ ।

  जिल्लाको दुधौली नगरपालीकाको र्सिर्थौली स्वास्थ्य केन्द्रको एम्वुलेन्स दुरुपयोग भएको हो ।

सिर्धौली स्वास्थ्य चौकीमा विरामीको लागि राखिएको एम्वुलेन्सलाई सार्वजनिक यातायातको रुपमा सर्वसाधारणले प्रयोग गरेका छन् ।

जिल्ला मालपोत कार्यालय सिन्धुलीमा जग्गा पास तथा भूकम्प प्रतिरोधी घर बनाउन भूकम्प प्राधिकरणले उपलव्ध गराएको रकम झिक्न आउँदा एम्वुलेन्स भाडामा लिएर आएको फेला परेको हो ।

आफूहरु विरामी भएको भन्दै एम्वुलेन्समा आए मैले चढाएर ल्याए एम्वुलेन्स चालक विमल मगरले बताउनु भयो ।

वा १ झ ३७१ नम्वरको सेतो प्लेटको सिर्थौली उप स्वाथ्य चौकीको एम्वुलेन्स जिल्ला मालपोत कार्यालय सिन्धुली आएको होे ।

एम्वुलेन्समा भएका सात जना यात्रुहरु झरेर कोही मालपोतको त केही बैकिङ कारोबारमा लागेका पाईएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको