Like us!
Follow us!
Connect us!
Watch us!

सीमा नाकाबाट ६ चेलीको उद्धार

सोमबार, ०५ चैत्र २०७४, ११ : ४१ मा प्रकाशित

सीमा नाकाबाट ६ चेलीको उद्धार

अर्थ संसार, जितपुर, कपिलवस्तु– राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ ।

विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो ।

सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जिल्लाका चार गरी छ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ ।

ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले युवतीसँगै एक जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले भन्नुभयो, “शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायौँ ।

सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर सीमा कटाउन लागेको रहेछ ।” बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको छ ।

यहाँको मर्यादपुर–खुनुवा सीमा नाकामा महिलासम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलीबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयवासीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको