Like us!
Follow us!
Connect us!
Watch us!

ट्र्याक्टरले किचेर सुतरु सरदारको मृत्यु

सोमबार, ०५ चैत्र २०७४, ०७ : ४९ मा प्रकाशित

ट्र्याक्टरले किचेर सुतरु सरदारको मृत्यु

अर्थ संसार, उर्लाबारी, मोरङ– मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको