Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित

आइतबार, ०४ चैत्र २०७४, १८ : ४१ मा प्रकाशित

उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित

अर्थ संसार, काठमाडौँ–वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल हुनुहुन्थ्यो । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहनुभएको थियो ।

उहाँलाई आजै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको